रायोको सागमा उच्च विषादी, नष्ट गर्न निर्देशन

एक महिना अगाडि
रायोको सागमा उच्च विषादी, नष्ट गर्न निर्देशन

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा गरिएको नियमित परीक्षणका क्रममा रायोको सागमा तोकिएको मापदण्डभन्दा धेरै विषादी फेला परेको छ। कृषि विभागअन्तर्गतको केन्द्रीय कृषि प्रयोगशालाले मध्यपुर थिमीबाट ल्याइएको रायोको सागमा अर्गानोफस्फेट समूहको विषादी उच्च मात्रामा रहेको जनाएको हो।

प्रयोगशालाका अनुसार उक्त नमुना उपभोग अयोग्य रहेको निष्कर्ष निकाल्दै नष्ट गर्नुपर्ने श्रेणीमा राखिएको छ। नियमित परीक्षणअन्तर्गत १२ प्रकारका तरकारीको परीक्षण गरिएकामा रायोको सागबाहेक अन्य सबै तरकारी भने सुरक्षित मापदण्डभित्र रहेको जनाइएको छ।

उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै बजारमा बिक्री हुने तरकारीको नियमित अनुगमन र परीक्षणलाई थप प्रभावकारी बनाइने विभागले जनाएको छ।