८ दिनपछि १४० टन भग्नावशेषबाट एकजनाको जीवितै उद्धार

३ हप्ता अगाडि
८ दिनपछि १४० टन भग्नावशेषबाट एकजनाको जीवितै उद्धार

काठमाडौं। भेनेजुएलामा दुई शक्तिशाली भूकम्पपछि भत्किएको भवनको १४० टन भग्नावशेषमुनि आठ दिनदेखि फसेका हर्नान गिललाई जीवितै उद्धार गरिएको छ। उद्धारकर्मीहरूले १०० घण्टाभन्दा बढीको कठिन प्रयासपछि उनलाई सुरक्षित बाहिर निकालेका हुन्।

भूकम्पका बेला सुरक्षा गार्ड रहेका गिल बेसमेन्टस्थित कंक्रिटको सुरक्षा कक्षमा थिए। उक्त कक्षले सुरक्षा कवचको काम गर्दा उनी भग्नावशेषमुनि पनि जीवित रहन सफल भएका थिए। हालसम्म भूकम्पमा झन्डै २,३०० जनाको मृत्यु पुष्टि भएको छ भने दशौँ हजार मानिस अझै बेपत्ता छन्।