काठमाडौं । रुसले युक्रेनको राजधानी किएभमा गरेको भीषण ड्रोन तथा मिसाइल आक्रमणमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ९१ जना घाइते भएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो सन् २०२६ यताकै सबैभन्दा घातक आक्रमणमध्ये एक हो।
युक्रेनी वायुसेनाले रुसले एकै रात ४९६ ड्रोन र ७४ मिसाइल प्रहार गरेको जनाएको छ। आक्रमणबाट करिब १३० वटा भवनमा क्षति पुगेको छ।
उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ। घटनापछि किएभमा शोक दिवस घोषणा गरिएको छ।