नेतन्याहु अर्को सोमबार अमेरिका जाँदै, ट्रम्पसँग भेट हुने

३ हप्ता अगाडि
नेतन्याहु अर्को सोमबार अमेरिका जाँदै, ट्रम्पसँग भेट हुने

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु अर्को सोमबार अमेरिका भ्रमणमा जाने भएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका लागि उनी वासिङ्टन डीसी जान लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले जनाएको छ।

रिपोर्टअनुसार शुक्रबार साँझ ट्रम्प र नेतन्याहुबीच टेलिफोन संवाद भएको थियो। सोही क्रममा निकट भविष्यमै आमनेसामने भेट गर्ने सहमति भएको बताइएको छ।

इरानसँगको युद्ध सुरु भएयता दुई नेताबीच प्रत्यक्ष भेट हुन लागेको यो पहिलो अवसर हुनेछ। यसअघि नेतन्याहुले तत्काल भेटको पहल गरेको चर्चा चले पनि उनको कार्यालयले त्यसलाई औपचारिक रूपमा खण्डन गरेको थियो।