होर्मुजमा ट्यांकरमाथि आक्रमण, ऊर्जा आपूर्तिमा चिन्ता

३ हप्ता अगाडि
होर्मुजमा ट्यांकरमाथि आक्रमण, ऊर्जा आपूर्तिमा चिन्ता

काठमाडौं । ओमानको तट नजिक रहेको स्ट्रेट अफ होर्मुजमा यात्रा गरिरहेको एक ट्यांकरमाथि प्रक्षेप्य प्रहार भएपछि आगलागी भएको बेलायती सेनाले जनाएको छ।

गल्फ अफ ओमानतर्फ गइरहेको ट्यांकरको बायाँ भागमा आक्रमण भएको बताइएको छ।

इरानी सरकारी टेलिभिजनका अनुसार तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) बोकेको उक्त ट्यांकरले इरानको चेतावनी बेवास्ता गरेपछि आक्रमण भएको हो। यद्यपि, इरान सरकारले घटनाको जिम्मेवारी औपचारिक रूपमा स्वीकार गरेको छैन।

विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा पछिल्ला समय जहाजमाथि हुने आक्रमण बढ्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा थप चिन्ता बढेको छ।