चीनको एक अदालतले भ्रष्टाचारको ठूलो मुद्दामा नानजिङका पूर्व आर्थिक विकास अधिकारी याङ युलिनलाई मृत्युदण्डको सजाय सुनाएको छ।
चाङ्झोउ इन्टरमिडिएट पिपुल्स कोर्टका अनुसार याङले सन् १९९३ देखि २०२३ सम्म करिब २ अर्ब २१ करोड युआन अर्थात् ३२ करोड ५० लाख अमेरिकी डलर बराबरको अवैध लाभ लिएका थिए।
अदालतले परियोजना स्वीकृति, व्यापार सञ्चालन, जग्गा उपलब्ध गराउने तथा वित्तीय व्यवस्थापनमा सहयोग गरेबापत घुस लिएको ठहर गर्दै उनलाई घुसखोरी, सरकारी रकम दुरुपयोग, पदको दुरुपयोग र सम्पत्ति शुद्धीकरणमा दोषी ठहर गरेको हो। अदालतले उनको सम्पत्ति जफत गरी अवैध रूपमा आर्जित सम्पत्ति असुल गर्ने आदेशसमेत दिएको छ। यो चीनका पछिल्ला वर्षका सबैभन्दा ठूलो भ्रष्टाचार प्रकरणमध्ये एक मानिएको छ।