काठमाडौं । अमेरिकाले इरानमाथि नयाँ चरणको सैन्य आक्रमण गरेपछि मध्यपूर्वको खाडी क्षेत्रमा सुरक्षा सतर्कता उच्च बनाइएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आक्रमणपछि इरानका बन्दर अब्बास, सिरिक, जास्क, कोनारक र चाबहार क्षेत्रमा विस्फोट भएका छन्।
तनाव बढेसँगै कतार, बहराइन र कुवेतले उच्च सुरक्षा सतर्कता अपनाउँदै आफ्ना नागरिकलाई आवश्यक सावधानी अपनाउन तथा सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्।
अमेरिकाले स्ट्रेट अफ होर्मुज क्षेत्रमा इरानको सैन्य क्षमता कमजोर पार्ने उद्देश्यले कारबाही गरेको जनाएको छ भने इरानले त्यसको जवाफ दिने चेतावनी दिएको छ।
घटनापछि विश्व ऊर्जा आपूर्ति, कच्चा तेलको मूल्य र मध्यपूर्वको सुरक्षा अवस्थाप्रति अन्तर्राष्ट्रिय चासो अझ बढेको छ।