काठमाडौं । इरानले अमेरिकी हमलाको जवाफी कारबाही भन्दै पश्चिम एसियाका ६ वटा देशमाथि एकैपटक मिसाइल र ड्रोन हमला गरेको जनाएको छ।
इरानले जोर्डन, कुवेत, कतार, बहराइन, यूएई र ओमानमा रहेका अमेरिकी सैन्य अड्डा तथा रणनीतिक स्थानलाई लक्षित गरी हमला गरेको दाबी गरेको हो। यसअघि अमेरिकाले इरानका करिब १४० सैन्य अड्डामाथि बमबारी गरेको जनाएको थियो।
अमेरिकी सेन्ट्रल कमान्डका अनुसार होर्मुज स्ट्रेटमा साइप्रसको झण्डा बोकेको कन्टेनर जहाजमाथि इरानी हमला भएपछि अमेरिकाले कारबाही गरेको हो।
जवाफी कारबाहीपछि इरानले होर्मुज जलसन्धि अर्को आदेश नआएसम्म बन्द गर्ने घोषणा गर्दै आदेश उल्लंघन गरे कारबाही गर्ने चेतावनी दिएको छ। यस घटनाले मध्यपूर्वमा तनाव थप चर्किएको छ।