काठमाडौं । नेपाली भाषा–साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
नेपाल प्रज्ञा प्रतिष्ठानसहित विभिन्न साहित्यिक तथा सांस्कृतिक संस्थाले माल्यार्पण, रामायण वाचन, गोष्ठी तथा साहित्यिक कार्यक्रम आयोजना गरेका छन्।
वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तले संस्कृत रामायणलाई नेपालीमा भावानुवाद गरी नेपाली साहित्यमा ऐतिहासिक योगदान दिएका थिए।
उनका ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ लगायतका कृति चर्चित छन्।