काठमाडौं । अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ।
अमेरिकी सेनाले इरानमाथिको पछिल्लो सैन्य कारबाही सम्पन्न भएको घोषणा गर्दै होर्मुज जलडमरूमध्यको सुरक्षा सुनिश्चित गर्न इरानका सैन्य संरचनामाथि लक्षित आक्रमण गरिएको जनाएको छ।
यता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी कारबाहीको जवाफस्वरूप जोर्डन र बहराइनस्थित अमेरिकी सैन्य अखडामाथि क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ।
इरानले अमेरिकी कारबाही जारी रहेसम्म प्रत्याक्रमण पनि निरन्तर रहने चेतावनी दिएको छ। पछिल्ला घटनाक्रमसँगै मध्यपूर्वको सुरक्षा अवस्था थप तनावपूर्ण बनेको छ।