काठमाडौं । सर्लाहीमा आत्मदाहको प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा निधन भएको छ।
सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ३४ वर्षीय मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
मण्डलले असार २५ गते शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। प्रारम्भिक उपचारपछि उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो।
गम्भीर अवस्थामा उपचार भइरहेका उनको राति करिब २ बजे निधन भएको हो।
यसअघि पनि आत्मदाहको प्रयास गरेका गणेश नेपाली र आश्विन राउतको उपचारकै क्रममा मृत्यु भइसकेको थियो।