जोर्डनमा इरानी आक्रमणमा दुई अमेरिकी सैनिक मारिए

१ हप्ता अगाडि
जोर्डनमा इरानी आक्रमणमा दुई अमेरिकी सैनिक मारिए

काठमाडौं । संयुक्त राज्य अमेरिकाको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले जोर्डनमा भएको इरानी आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको पुष्टि गरेको छ।

सेन्टकमका अनुसार इरानले गरेको ब्यालिस्टिक मिसाइल तथा ड्रोन आक्रमणको प्रतिकार गर्ने क्रममा दुई सैनिक मारिएका हुन् भने एक सैनिक अझै बेपत्ता छन्।

घाइते भएका चार सैनिक उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने सामान्य घाइते अन्य सैनिकहरू प्राथमिक उपचारपछि पुनः आफ्नो जिम्मेवारीमा फर्किएको सेन्टकमले जनाएको छ।