साउने सोमबार

पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

१ हप्ता अगाडि
पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं । भगवान शिवको प्रिय महिना साउनको पहिलो सोमबार आज देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको उल्लेख्य भीड लागेको छ। आराध्यदेव पशुपतिनाथ मन्दिरमा पूजा, दर्शन तथा जल अर्पण गर्न भक्तजन बिहानैदेखि लाममा बसेका छन्।

पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा श्रद्धालुहरूले विधिपूर्वक पूजा-आराधना गर्दै व्रतसमेत बसेका छन्। साउन महिनाका सोमबार भगवान शिवको पूजा गरे मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण हरेक वर्ष यस दिन विशेष चहलपहल हुने गर्दछ।

धार्मिक मान्यताअनुसार सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गरी दक्षिणायन सुरु भएपछि साउन महिनाको महत्व अझ बढ्ने विश्वास छ। यस अवसरमा भक्तजनले जल, दूध, बेलपत्र, धतुरोलगायत सामग्री चढाएर भगवान शिवको आराधना गर्ने परम्परा रहेको छ।

मन्दिर व्यवस्थापन समितिले भक्तजनको सुविधाका लागि सुरक्षा, दर्शन व्यवस्थापन तथा अन्य आवश्यक प्रबन्ध मिलाएको जनाएको छ।