सुन तोलामा एक हजार र चाँदी ५० रुपैयाँ महँगियो

१ हप्ता अगाडि
सुन तोलामा एक हजार र चाँदी ५० रुपैयाँ महँगियो

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला एक हजार रुपैयाँ बढेर २ लाख ८५ हजार ६ सय रुपैयाँ पुगेको छ। आइतबार सुन प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँ मा कारोबार भएको थियो।

यसअघि आइतबार पनि सुनको मूल्य प्रतितोला एक हजार नौ सय रुपैयाँले वृद्धि भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।