एमाले सरकारबाट बाहिरिएपछि वाग्मती प्रदेश सरकार अल्पमतमा

एक महिना अगाडि
एमाले सरकारबाट बाहिरिएपछि वाग्मती प्रदेश सरकार अल्पमतमा

काठमाडौं । नेकपा (एमाले) वाग्मती प्रदेश सरकारबाट बाहिरिएको छ। एमालेका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरूले बुधबार संयुक्त रूपमा राजीनामा दिएका छन्।

एमाले नेता जगन्नाथ थपलियाका अनुसार संविधानको धारा १६८ को उपधारा (२), पार्टीको निर्णय तथा पछिल्लो राजनीतिक परिस्थितिलाई आधार बनाएर मन्त्रीहरूले सामूहिक रूपमा पद त्याग गरेका हुन्।

मुख्यमन्त्रीलाई बुझाइएको संयुक्त राजीनामा पत्रमा राजीनामा स्वीकार गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको छ।

एमालेका मन्त्रीहरूले सरकार छाडेसँगै वाग्मती प्रदेश सरकार अल्पमतमा परेको छ। अब सरकारले प्रदेशसभामा विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको छ।

एमालेको बहिर्गमनसँगै वाग्मती प्रदेशको नयाँ राजनीतिक समीकरण र सरकारको भविष्यबारे चासो बढेको छ।