नेप्से १९ अंकले घट्यो, कारोबार साढे ३ अर्बमुनि

५६ मिनेट अगाडि
नेप्से १९ अंकले घट्यो, कारोबार साढे ३ अर्बमुनि

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा १९.१३ अंकको गिरावट आएको छ। नेप्से परिसूचक २५९९.५८ विन्दुमा झरेको हो।

यस दिन ३५० कम्पनीका ८५ लाख ७२ हजार ९७० कित्ता सेयर ३ अर्ब २३ करोड ९७ लाख रुपैयाँमा कारोबार भएका छन्। कारोबारमा ४७ कम्पनीको मूल्य बढ्दा २२९ कम्पनीको घटेको छ भने दुई कम्पनीको मूल्य स्थिर रह्यो।

सर्वोत्तम पेन्ट्सको मूल्य १४.९९ प्रतिशतले बढ्दा धौलागिरी लघुवित्त ११.९८ र सीवाईसी नेपाल लघुवित्त ९.१४ प्रतिशतले बढेका छन्।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स अगाडि रह्यो। यसको १२ करोड ७२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।