बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा आरोपीको बयानको भिडिओ खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी हवलदार पक्राउ परेका छन्।
पक्राउ पर्नेमा प्रहरी हवलदार कुमार विक रहेको स्रोतले जनाएको छ। उनलाई हिरासतमा राखेर फौजदारी कसुरमा कारबाही अघि बढाउने तयारी गरिएको छ।
अनुसन्धानका क्रममा प्रोटोकलविपरीत खिचिएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीमाथि प्रश्न उठेको थियो। घटनामा पाँच जना प्रहरी देखिएको भन्दै अन्य प्रहरीमाथि पनि अनुसन्धान भइरहेको छ।
यसैबीच जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवर र डीएसपी मीनबहादुर घलेमाथि समेत नेपाल प्रहरी प्रधान कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन थालेका छन्।