होल्डिङ सेन्टरका सुकुम्वासीलाई गृहजिल्ला जान आग्रह

एक महिना अगाडि
होल्डिङ सेन्टरका सुकुम्वासीलाई गृहजिल्ला जान आग्रह

काठमाडौं । सरकारले काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीन तथा सुकुम्वासीलाई सम्बन्धित गृहजिल्लामा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

भूमि समस्या समाधान समितिले सूचना जारी गर्दै लाभग्राहीको डिजिटल विवरण र आवश्यक कागजात सम्बन्धित जिल्ला समितिमा पठाइसकिएको जनाएको छ।

पहिलो चरणमा २९ जना भूमिहीनको नाम सार्वजनिक गर्दै उनीहरूको नाममा अन्यत्र जग्गा नरहेको पुष्टि गरिएको छ। उनीहरूलाई सम्बन्धित जिल्लामा आवश्यक प्रक्रिया पूरा गरी जग्गा उपलब्ध गराइने समितिले जनाएको छ।

सरकारले गत वैशाखमा काठमाडौंका विभिन्न स्थानबाट सुकुम्वासी बस्ती हटाएर होल्डिङ सेन्टरमा राखेको थियो। अहिले पनि धेरै परिवार अस्थायी बसोबासमै रहेकाले सरकारले अब गृहजिल्लामा गएर जग्गा प्राप्तिको प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ।