वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले शुक्रबारदेखि ८० भन्दा बढी देशबाट आयात हुने सामानमा १० देखि १२.५ प्रतिशतसम्म नयाँ भन्सार शुल्क लागू गरेको छ।
न्युयोर्क टाइम्सका अनुसार नयाँ व्यवस्था सन् १९७४ को ट्रेड एक्टअन्तर्गतको सेक्शन ३०१ प्रयोग गर्दै लागू गरिएको हो।
ट्रम्प प्रशासनले बलपूर्वक श्रमबाट उत्पादित वस्तुको आयात रोक्न प्रभावकारी कदम नचालेको आरोप लगाउँदै नयाँ शुल्क लागू गरेको जनाएको छ।
तेल तथा ग्यास, केही प्राकृतिक स्रोतका वस्तु, यूएसएमसीएअन्तर्गतका सामान तथा स्टिल र सवारीसाधनजस्ता केही वस्तु भने नयाँ शुल्कबाट मुक्त रहनेछन्।
व्यापार विज्ञहरूले भने उक्त निर्णय कानुनी विवादमा पर्न सक्ने बताएका छन्।