बिजुली निर्यातबाट नेपाललाई १९ अर्ब रुपैयाँभन्दा बढी नाफा

एक महिना अगाडि
बिजुली निर्यातबाट नेपाललाई १९ अर्ब रुपैयाँभन्दा बढी नाफा

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा विद्युत् व्यापारबाट १९ अर्ब ९ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार सो अवधिमा भारत र बंगलादेशमा २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ बराबरको बिजुली निर्यात गरिएको छ। त्यही अवधिमा १० अर्ब २२ करोड ७४ लाख रुपैयाँको विद्युत् आयात भएको थियो।

प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०/८१ देखि नेपालले आयातभन्दा बढी विद्युत् निर्यात गर्दै आएको छ।

हाल औसतमा एक हजार मेगावाट विद्युत् भारत र बंगलादेशमा निर्यात भइरहेको प्राधिकरणले जनाएको छ। आगामी वर्ष प्रसारण लाइन विस्तार र थप निर्यात स्वीकृतिसँगै निर्यात अझ बढ्ने अपेक्षा गरिएको छ।