काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट आएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५.३० अंकले घटेर २५९४.२७ विन्दुमा झरेको हो।
यस दिन कुल ४ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। करिब १ करोड कित्ता सेयर किनबेचबाट उक्त कारोबार भएको हो।
कारोबार भएका कम्पनीमध्ये ७८ वटाको सेयर मूल्य बढेको छ भने १८७ वटाको घटेको छ। १२ कम्पनीको मूल्य स्थिर रहेको छ।
बढ्नेमा सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको सेयर मूल्य १४.९९ प्रतिशत र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको १४.९५ प्रतिशत बढेको छ। यीबाहेक अन्य बढेका सेयरमा अधिकतम ६ प्रतिशतसम्म वृद्धि भएको छ।
घट्नेमा धौलागिरि लघुवित्त अगाडि छ। कम्पनीको सेयर मूल्य १०.०७ प्रतिशत घटेको छ। अन्य घटेका सेयरमा अधिकतम ५.४३ प्रतिशतसम्म गिरावट आएको छ।
यस दिन मकर जितुमाया सुरी हाइड्रोपावरको करिब ९० करोड रुपैयाँको कारोबार भएको छ। अन्य कम्पनीको कारोबार १७ करोड रुपैयाँसम्म रहेको छ।
विकास बैंक र निर्जीवन बीमा समूहको सूचक बढे पनि अन्य सबै समूहका सूचक घटेका छन्।