सुनचाँदीको मूल्यमा सामान्य गिरावट

३ घण्टा अगाडि
सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ र चाँदीको मूल्य ६५ रुपैयाँले घटेको हो।

मंगलबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य ३ लाख २२ हजार ७ सय रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय रुपैयाँमा झरेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।