काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले स्वास्थ्य समस्याका कारण कालो चस्मा लगाउने गरेको खुलेको छ।
प्रतिनिधिसभाको बैठकमा स्वास्थ्य समस्या बाहेक अन्य अवस्थामा कालो चस्मा लगाउन नपाउने व्यवस्था भए पनि बुधबार सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री शाह कालो चस्मामै सहभागी हुने भएका छन्।
प्रधानमन्त्री शाहले साउन २६ गते आफ्नो स्वास्थ्य अवस्थाबारे चिकित्सकीय रिपोर्टसहित संसद् सचिवालयलाई जानकारी गराएका थिए। साउन २२ गते नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा आँखाको परीक्षण गराउँदा उनलाई उज्यालोमा हेर्न कठिन हुने र आँखामा सुख्खापनको समस्या रहेको देखिएको हो।
चिकित्सकले आँखाको सुख्खापनका कारण समय–समयमा आइड्रप प्रयोग गर्न सुझाव दिएका छन्। शाहले कालो चस्मा रहर नभई आँखाको समस्याका कारण लगाउने गरेको बताएका छन्।