अनलाइन बेटिङविरुद्ध कडाइ, दुई लाखभन्दा बढी वेबसाइट बन्द

एक महिना अगाडि
अनलाइन बेटिङविरुद्ध कडाइ, दुई लाखभन्दा बढी वेबसाइट बन्द

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) तथा अवैधानिक वित्तीय कारोबारमा प्रयोग हुने दुई लाख २३ हजार ५ सय ६८ वटा वेबसाइट र एप बन्द गरेको जनाएको छ।

फिफा विश्वकप सुरु भएयता सरकारले अनलाइन बेटिङ र स्क्यामिङ नियन्त्रणलाई प्राथमिकतामा राखेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र प्राधिकरणले निगरानी तथा कारबाहीलाई तीव्र बनाएका हुन्।

प्राधिकरणका अनुसार बन्द गरिएका वेबसाइटहरू नयाँ नाम र वेब ठेगानाबाट पुनः सञ्चालनमा आउने क्रम जारी रहेकाले विश्वकप अवधिभर शंकास्पद वेबसाइट तथा एपको निरन्तर पहिचान गरी अवरुद्ध गर्ने काम भइरहेको छ।