बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा

४ दिन अगाडि
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा

ढाका । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले शुक्रबार पदबाट राजीनामा दिएका छन्।

स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उनको राजीनामाको पुष्टि गरेको हो।

अप्रिल २०२३ देखि राष्ट्रपतिको जिम्मेवारी सम्हालिरहेका शाहाबुद्दिनले सन् २०२४ मा सरकारी जागिरमा आरक्षणको विरोधमा भएको विद्यार्थी आन्दोलनपछि उत्पन्न राजनीतिक संक्रमणका बेला संवैधानिक जिम्मेवारी निर्वाह गरेका थिए।

तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत गएपछि अन्तरिम सरकार गठन नहुँदासम्म उनले राष्ट्रप्रमुखको भूमिका सम्हालेका थिए।

बंगलादेशमा राष्ट्रपति राष्ट्र प्रमुख भए पनि कार्यकारी अधिकार प्रधानमन्त्री र मन्त्रिपरिषद्मा निहित हुन्छ। शेख हसिनाका निकट सहयोगी मानिएका शाहाबुद्दिनमाथि सार्वजनिक दबाब बढेपछि सरकारकै आग्रहमा उनले पदत्याग गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।