काठमाडौं । सरकारले सबै मित्रराष्ट्रसँगको सम्बन्धलाई सुदृढ बनाउँदै आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिने जनाएको छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रचलित कूटनीतिक अभ्यासअनुसार विभिन्न भ्रमणको तयारी भइरहेको जानकारी दिए।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रस्तावित चीन भ्रमणका लागि सम्बन्धित दलबाट अनुरोध आए आवश्यक कूटनीतिक सहजीकरण गरिने बताए।
प्रवक्ता क्षेत्रीले प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनको भारत भ्रमणबारे मन्त्रालयलाई औपचारिक जानकारी नभएको स्पष्ट पारे। प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति पनि हालसम्म तय नभएको र उपयुक्त समयमा सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ।