भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा स्वीकृत, प्रह्लाद जोशीलाई अतिरिक्त जिम्मेवारी

२ दिन अगाडि
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा स्वीकृत, प्रह्लाद जोशीलाई अतिरिक्त जिम्मेवारी

नयाँ दिल्ली । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिएको राजीनामा स्वीकृत भएको छ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको सिफारिसमा राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानको राजीनामा स्वीकृत गरेको जनाएको हो।

कक्रोच जनता पार्टी (सिजेपी)को आन्दोलनपछि प्रधानले शनिबार पदबाट राजीनामा दिएका थिए।

प्रधानको राजीनामासँगै प्रधानमन्त्री मोदीले उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री प्रह्लाद जोशीलाई शिक्षामन्त्रीको अतिरिक्त जिम्मेवारी दिएका छन्। जोशीले नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका छन्।

उता, प्रधानको राजीनामापछि आन्दोलनरत सिजेपीले आफ्नो आन्दोलन स्थगित गर्ने घोषणा गरेको छ।

शनिबार केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहसँग भएको तेस्रो चरणको वार्तापछि सिजेपीले प्रदर्शनकारीलाई घर फर्किन आग्रह गरेको हो।

सिजेपीका प्रवक्ता आशुतोष रांकाले सरकारसँग आफ्ना मागहरू सम्बोधन भएको दाबी गर्दै चार सातापछि पुनः वार्ता गरी बाँकी माग तथा शिक्षा सुधारका विषयमा छलफल गरिने बताएका छन्।