काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्था, सुनसरीमा विकसित पछिल्लो घटनाक्रम तथा त्यस विषयमा सर्वदलीय छलफलको आवश्यकता लगायतका विषयमा कुराकानी भएको थियो।
सभापति लामिछानेले सुनसरी घटनापछि शान्ति, सामाजिक सद्भाव र राजनीतिक सहकार्यका लागि आफूले आह्वान गरेको सर्वदलीय बैठकबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।