इरानबाट प्रहार गरिएका सबै ब्यालिस्टिक क्षेप्यास्त्र अवरोध गरिएको अमेरिकी सेनाको दाबी

१ हप्ता अगाडि
इरानबाट प्रहार गरिएका सबै ब्यालिस्टिक क्षेप्यास्त्र अवरोध गरिएको अमेरिकी सेनाको दाबी

अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले मध्यपूर्वमा रहेका आफ्ना सैन्य बललाई लक्षित गरी इरानबाट प्रहार गरिएका सबै ब्यालिस्टिक क्षेप्यास्त्र सफलतापूर्वक अवरोध गरिएको जनाएको छ।

सेन्टकमका अनुसार इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले अमेरिकी समयअनुसार मंगलबार साँझ क्षेप्यास्त्र प्रहार गरेको थियो। अमेरिकी सञ्चारमाध्यम सीएनएनले भने चारवटा मात्र क्षेप्यास्त्र प्रहार भएको जनाएको छ।

घटनापछि अमेरिकी सेना उच्च सतर्कतामा रहेको छ भने विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने व्यापारिक जहाजको सुरक्षा व्यवस्था थप कडा पारिएको छ।

इरानले घटनाबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरिसकेको छैन। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्तालाई अवसर दिन सम्भावित सैन्य कारबाही स्थगित गरेको जनाए पनि वार्ता असफल भए सैन्य विकल्प खुला रहने चेतावनी दिएका थिए।