दुर्गा प्रसाईं पुनः पक्राउ

३ हप्ता अगाडि
दुर्गा प्रसाईं पुनः पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले आइतबार राति भक्तपुरस्थित आफ्नै निवासबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रसाईं यसअघि पनि विभिन्न आरोपमा पटक–पटक पक्राउ पर्दै आएका छन्। यसपटक उनीमाथि सामाजिक सद्भाव विथोल्ने गतिविधि गरेको आरोप लगाइएको छ ।