काठमाडौं । काठमाडौं महानगरपालिका–३ बाँसबारीमा साढे दुई तले घर भासिएको छ। महानगरपालिकाका अनुसार बिहीबार साँझ करिब ८ बजे घर भासिएको हो।
उक्त घरमा न्यु गण्डकी गेस्ट हाउस सञ्चालनमा रहेको थियो। महानगरपालिकाले वर्षाका कारण घर भासिएको जनाएको छ।
घर भासिँदा त्यसमा कोही नरहेकाले मानवीय क्षति भने नभएको महानगरपालिकाले जनाएको छ। घटनापछि सम्बन्धित निकायले अवस्थाबारे निरीक्षण तथा आवश्यक व्यवस्थापनको काम अघि बढाएको छ।