काठमाडौं । भोटेकोशी बाढीका कारण रसुवा जिल्लामा ठूलो क्षति भएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले बताएका छन्।
प्रभावित क्षेत्रमा खटिएका २१ प्रहरीमध्ये १६ जना प्रहरी सम्पर्कविहीन भएको उनले जानकारी दिए।
टिमुरेमा खटिएका पाँच जना प्रहरी भने सम्पर्कमा आएको काफ्लेले बताए।
स्याफ्रुबेँसीमा खटिएका नौ प्रहरीसहित रसुवागढी र मैलुङ क्षेत्रमा कार्यरत प्रहरीसमेत सम्पर्कमा नआएको उनले जानकारी दिए।
बाढीले प्रहरी कार्यालय मात्रै बगाएको हो वा प्रहरी कर्मचारीसमेत प्रभावित भएका हुन् भन्ने यकिन विवरण अझै प्राप्त नभएको प्रहरी प्रवक्ता काफ्लेले बताएका छन्।