भोटेकोशी बाढी

भोटेकोशी बाढी : ९ जनाको शव भेटियो, हालसम्म १५ जनाको उद्धार

२ घण्टा अगाडि
भोटेकोशी बाढी : ९ जनाको शव भेटियो, हालसम्म १५ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म ९ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद धमालाका अनुसार रसुवामा १ जना, नुवाकोटमा १ महिला र ३ पुरुष गरी ४ जना तथा धादिङमा १ महिला, २ पुरुष र लिङ्ग नखुलेका १ जनाको शव फेला परेको हो।

बाढी प्रभावित तीन जिल्लाबाट हालसम्म १५ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रभावित क्षेत्रमा घाइतेको उद्धार तथा फेला परेका शव संकलन गर्ने काम भइरहेको छ। साथै बेपत्ताको खोजी तथा उद्धारका लागि सुरक्षा संयन्त्र परिचालन गरिएको प्रहरीले जनाएको छ।