सेयर बजार लगातार दोस्रो दिन घट्यो, नेप्से १३.८५ अंकले ओरालो

एक दिन अगाडि
सेयर बजार लगातार दोस्रो दिन घट्यो, नेप्से १३.८५ अंकले ओरालो

काठमाडौं । बिहीबार सेयर बजारका सबैजसो सूचक घटेका छन्। बजार परिसूचक नेप्से १३.८५ अंकले घटेर २ हजार ५ सय ३१ अंकमा कायम भएको छ।

अघिल्लो दिन पनि नेप्से १५.४३ अंकले घटेको थियो। लगातार दोस्रो दिन बजार घटेसँगै कारोबार रकमसमेत केही घटेको छ।

बुधबार ४ अर्ब १९ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३ अर्ब ९९ करोड रुपैयाँमा सीमित भएको छ। आज ६९ कम्पनीको सेयर मूल्य बढ्दा २०१ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रह्यो।

उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.१४ प्रतिशत घटेको छ। अन्य सबै समूहको गिरावट १ प्रतिशतभन्दा कम रहेको छ।

बैंकिङ समूह ०.४७, विकास बैंक ०.३४, वित्त ०.६६, होटल तथा पर्यटन ०.५०, जलविद्युत् ०.५५, लगानी ०.४१, जीवन बीमा ०.१७, लघुवित्त ०.५६, निर्जीवन बीमा ०.७८, अन्य ०.६४ र व्यापार समूह ०.२७ प्रतिशत घटेका छन्।

आज लिबर्टी इनर्जीको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढेको छ। दोल्ती पावरको ८.२२, अपर लोहोरेखोलाको ७.०२, इमर्जिङ नेपालको ५.४६, शिवश्री हाइड्रोको ४.९२, सेन्ट्रल फाइनान्सको ४.४६ र जानकी फाइनान्सको ४.२८ प्रतिशत मूल्य बढेको छ।

सिन्धु विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशत घटेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक ५.२४, शुभम पावर ५.१९, धौलागिरि लघुवित्त ४.५० र बाराही हाइड्रोपावरको सेयर मूल्य ४.४० प्रतिशत घटेको छ।

आज धेरै कारोबार हुने कम्पनीमा लिबर्टी इनर्जी, रिलायन्स स्पिनिङ मिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल एसबीआई बैंक, रिडी पावर, सोलु हाइड्रोपावर, गरिमा विकास बैंक र सानिमा मिडिल तमोर रहेका छन्।