काठमाडौं । भदौ १० गते आएको भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार ३८६ पुगेको छ।
नेपाल प्रहरीले शुक्रबार राति ८ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार बाढीमा परी ५४२ पुरुष, ३३४ महिला र ५१० आंशिक अंग गरी कुल १ हजार ३८६ जनाको मृत्यु पुष्टि भएको हो।
बाढीपछि अझै ४ हजार ८९ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ। बेपत्ता हुने नेपाली नागरिकको संख्या ३ हजार ४७९ रहेको छ। जसमा २ हजार ९०७ पुरुष र ५७२ महिला रहेका छन्।
यस्तै, भोटेकोसी बाढीपछि ६१० जना विदेशी नागरिकसमेत बेपत्ता रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ। बेपत्ता विदेशी नागरिकमध्ये ३२८ महिला, २७२ पुरुष र १० जना अन्य रहेको प्रहरीले जनाएको छ।
बाढीबाट ठूलो मानवीय क्षति भएपछि बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको छ। प्रहरीले घटनासँग सम्बन्धित थप विवरण संकलन तथा अद्यावधिक गर्ने कार्य भइरहेको जनाएको छ।
भोटेकोसी बाढीका कारण भएको क्षतिको पूर्ण विवरण अझै संकलनको क्रममा रहेकाले मृतक तथा बेपत्ताको संख्या थप बढ्न सक्ने देखिएको छ।