सुनको भाउ एकैदिन तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो

१४ घण्टा अगाडि
सुनको भाउ एकैदिन तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो

काठमाडौं । केही दिनयता लगातार उतारचढाव देखिएको सुनको भाउ शुक्रबार ठूलो परिमाणमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँ घटेर ३ लाख १ हजार रुपैयाँमा झरेको छ।

बिहीबार सुनको भाउ ३ लाख ५ हजार ८ सय रुपैयाँ थियो। त्यसअघि बुधबार पनि सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ घटेको थियो।

चाँदीको मूल्य पनि शुक्रबार घटेको छ। चाँदी तोलामा २ सय ५५ रुपैयाँ घटेर ४ हजार ६ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।

बिहीबार चाँदी तोलामा १ सय ५५ रुपैयाँ बढेर ४ हजार ८ सय ५५ रुपैयाँ पुगेको थियो।