बाढीपछि मृतकको पहिचानमा नेपाल प्रहरीसँग एफबीआईका फरेन्सिक विशेषज्ञ

१५ घण्टा अगाडि
बाढीपछि मृतकको पहिचानमा नेपाल प्रहरीसँग एफबीआईका फरेन्सिक विशेषज्ञ

काठमाडौं । विनाशकारी बाढीपछि ज्यान गुमाएकाहरूको पहिचान गर्न नेपाल सरकारको अनुरोधमा अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) का फरेन्सिक विशेषज्ञहरूले नेपाल प्रहरीसँग मिलेर काम गरिरहेका छन्। नेपालस्थित अमेरिकी दूतावासका अनुसार एफबीआईले मानवीय तथा फरेन्सिक विशेषज्ञता उपलब्ध गराउँदै नेपाली अधिकारीहरूलाई मृतकको पहिचान गर्न सहयोग गरिरहेको छ।

यसबाट अमेरिकी नागरिकसहित बाढीमा ज्यान गुमाएका सबैका परिवारलाई आफ्ना आफन्तबारे यथाशीघ्र जानकारी उपलब्ध गराउने प्रयास भइरहेको दूतावासले जनाएको छ। दुई सय किलोमिटरभन्दा लामो बाढी प्रभावित क्षेत्रमा ठूलो संख्यामा बेपत्ता तथा मृतकको पहिचान गर्नुपर्ने भएकाले प्रक्रिया सावधानीपूर्वक र व्यवस्थित ढंगले अघि बढाउनुपर्ने अवस्था रहेको छ।

एफबीआईले काम छिटो सम्पन्न गर्न नेपालका विभिन्न तहका सम्बन्धित अधिकारीसँग समन्वय गरिरहेको जनाएको छ। खोज तथा उद्धार जारी रहँदा अमेरिकाले आफ्ना नागरिकका बेपत्ता आफन्तको खोजीमा सहयोग गर्दै नेपाललाई आवश्यक सहायता उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ।