सेयर बजार २८ अंकले बढ्यो, ४ अर्ब ३६ करोडको कारोबार

११ घण्टा अगाडि
सेयर बजार २८ अंकले बढ्यो, ४ अर्ब ३६ करोडको कारोबार

काठमाडौं । सेयर बजारमा शुक्रबार उल्लेख्य सुधार देखिएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ९४ अंकले बढेर २ हजार ५ सय ५९ दशमलव ४९ विन्दुमा पुगेको छ।

बजारमा ४ अर्ब ३६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। दिनभर १ करोड २० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ।

कारोबार भएका कम्पनीमध्ये २ सय ३७ वटा सेयरको मूल्य बढ्दा ३१ वटा घटेका छन् भने ९ वटा कम्पनीको सेयर अघिल्लो मूल्यकै हाराहारीमा कारोबार भएको छ।

उपकार लघुवित्तको सेयर मूल्य १० दशमलव ५३ प्रतिशत र अभियान लघुवित्तको १० दशमलव ०९ प्रतिशतले बढेको छ। अन्य बढ्ने सेयरमा पनि ९ दशमलव ५४ प्रतिशतसम्म वृद्धि देखिएको छ। घट्ने सेयरमध्ये मूल्यमा ५ दशमलव ७१ प्रतिशतसम्म गिरावट आएको छ।

कारोबार रकमका आधारमा लिबर्टी इनर्जी कम्पनी अगाडि रहेको छ। यसको मात्रै करिब ३६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ भने अन्य कम्पनीमा १८ करोड रुपैयाँसम्मको कारोबार भएको छ।