साताको अन्तिम दिन नेप्से २२.८५ अंकले बढ्यो

२ दिन अगाडि
साताको अन्तिम दिन नेप्से २२.८५ अंकले बढ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक २२ दशमलव ८५ अंकले बढेर २ हजार ६४७ दशमलव २२ विन्दुमा पुगेको छ।

कारोबार सुरु भएदेखि नै बढेको नेप्सेले साताको अन्तिम दिन पनि वृद्धि कायम गरेको हो।

यो साता पाँच कारोबार दिनमध्ये चार दिन नेप्से दोहोरो अंकले बढेको छ। सोमबार २५ दशमलव ५५ अंकले बढेको बजार मंगलबार ४८ दशमलव ५७ अंकले बढेको थियो। बुधबार भने २१ दशमलव १९ अंकको गिरावट आएको थियो। बिहीबार ११ दशमलव ९३ अंकले बढेको नेप्से शुक्रबार पुनः २२ दशमलव ८५ अंकले बढेको हो।

सरकारले पुँजीबजार सुधारका लागि कार्ययोजना सार्वजनिक गरेपछि कारोबारमा समेत वृद्धि देखिएको छ। यो साता बजारमा अधिकतम ८ अर्ब २१ करोड रुपैयाँसम्मको कारोबार भएको थियो, जुन पछिल्लो चार महिनायताकै उच्च कारोबार हो।

सरकार पुँजीबजार सुधारमा गम्भीर देखिएपछि यसअघि निष्क्रिय रहेका लगानीकर्ता पनि बजारमा सक्रिय हुन थालेको देखिएको छ।