एसियाली खेलकुदमा एरिका गुरुङ सेमिफाइनलमा पराजित

एक दिन अगाडि
एसियाली खेलकुदमा एरिका गुरुङ सेमिफाइनलमा पराजित

काठमाडौं । नेपाली कराते खेलाडी एरिका गुरुङ एसियाली खेलकुदको सेमिफाइनलमा पराजित भएकी छन्।

आइतबार जापानको तोयोहाशी जिम्नाजियममा भएको महिला ६८ केजीमाथिको सेमिफाइनलमा एरिकालाई काजकिस्तानकी सोफिया बेरुल्टसेभाले २-१ ले पराजित गरिन्।

कडा प्रतिस्पर्धाका बाबजुद एरिकाले खेल आफ्नो पक्षमा पार्न सकिनन्। यसअघिको संस्करणको फाइनलमा पनि एरिका बेरुल्टसेभासँगै पराजित भएकी थिइन्।

यसपटक एरिकाले क्वार्टरफाइनलमा जोर्डनकी यारा नासेरलाई ७–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएकी थिइन्।

नेपालका अन्य खेलाडी राकेश मानन्धर र मीनबहादुर तामाङ पनि सेमिफाइनलमै पराजित भएका छन्। पुरुष ५५ केजीमुनिको कुमुतेमा राकेश उज्वेकिस्तानका खुमोयुनमिर्जो खलिमोभसँग ७–० ले पराजित भए।

त्यस्तै, ६० केजीमुनिमा मीन कुवेतका अब्दुल्लाह शाबानसँग १०–० ले पराजित भए।