काठमाडौं । जापानको आइची नागोयामा जारी २०औँ एसियाली खेलकुदको प्रारम्भिक चरणमा चीनले ११ स्वर्ण, ६ रजत र ३ कांस्यसहित २० पदक जितेर अग्रता लिएको छ।
आयोजक जापानले ६ स्वर्ण, ७ रजत र ७ कांस्यसहित समान २० पदक जितेको छ। दक्षिण कोरिया ४ स्वर्णसहित तेस्रो र काजकिस्तान पनि ४ स्वर्णसहित चौथो स्थानमा छ।
थाइल्यान्डले ३ स्वर्ण जितेको छ। भारतले सुटिङमा ३ रजत जितेको छ। चीनले पौडीबाट मात्रै ९ पदक जितेको छ। १३ वर्षीया पौडी खेलाडी यु जिदीले महिला २०० मिटर बटरफ्लाईमा स्वर्ण जित्दै नयाँ कीर्तिमान बनाएकी छन्।
नेपालका लागि पदकको आशा गरिएको करातेमा एरिका गुरुङसहित मीनबहादुर तामाङ र राकेश मानन्धर कांस्य भिडन्तमा पराजित भए।
उसुका विजय सिँजाली र सुस्मिता तामाङ तथा काताकी सानुमाया थिङ पनि पदकविहीन भए।