काठमाडौं । रसुवाको भोटेकोसी बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा हालसम्म १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ रुपैयाँ जम्मा भएको छ।
कोषबाट यसअघि बाढी प्रभावित क्षेत्रका लागि १ अर्ब रुपैयाँ निकासा भइसकेको छ।
विभिन्न वाणिज्य बैंकका खातामा ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ रुपैयाँ र डलर खातामा २ करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।