काठमाडौं । त्रिपुरेश्वरस्थित बस स्टप अगाडि बसमा आगलागी हुँदा चालक घाइते भएका छन्।
बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको हो। काभ्रे घर भएका २५ वर्षीय चालक दावा लामा बसभित्रै रहेका बेला आगलागी भएको प्रहरीले जनाएको छ।
उनलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। आगलागीको कारण खुलेको छैन।
चालक बसभित्रै रहेका बेला आगलागी भएकाले घटना शंकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धान थालेको छ।