आज नेप्सेमा सेयर कारोबार नहुने

६ घण्टा अगाडि
आज नेप्सेमा सेयर कारोबार नहुने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आजको सेयर कारोबार स्थगित गरेको छ।

७२ वटा कारोबार सदस्य कम्पनीको सर्भर रहेको डेटा हब प्रालिको डेटा सेन्टरमा आइतबार बिहानदेखि देखिएको समस्या समाधान हुन नसकेपछि कारोबार बन्द गरिएको हो।

समस्या समाधानको प्रयास भइरहे पनि यथास्थितिमा कारोबार सञ्चालन गर्न नसकिने नेप्सेले जनाएको छ।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत कारोबार स्थगनका लागि निवेदन दिएपछि धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ।