फिडे चेस ओलम्पियाडमा नेपाली खेलाडीको सहभागिता

६ घण्टा अगाडि
फिडे चेस ओलम्पियाडमा नेपाली खेलाडीको सहभागिता

काठमाडौं । उज्बेकिस्तानको समरकन्दमा जारी ४६औँ फिडे चेस ओलम्पियाडमा नेपाली राष्ट्रिय चेस टोलीले सहभागिता जनाएको छ। खुलातर्फ क्यान्डिडेट मास्टर पुरुषोत्तम सिलवाल, फिडे मास्टर रुपेश जयसवाल, क्यान्डिडेट मास्टर सुश्रुत दाहाल, आशिष फुँयाल र राजन सुवेदी छन्। टोलीको कप्तान किरिल कुदेरिनोभ रहेका छन्। महिलातर्फ एन्जेल महर्जन, कृतिसरा अधिकारी, पूजा भण्डारी, निहाना श्रेष्ठ र सिन्दिरा जोशी सहभागी छन् भने कप्तान रिजेन्द्र राजभण्डारी छन्। नेपाली टोलीको नेतृत्व नेपाल चेस एसोसिएसनका महासचिव धर्मबहादुर लामाले गरेका छन्। प्रतियोगितामा विश्वका विभिन्न देशका खुला तथा महिला राष्ट्रिय टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताका क्रममा उज्बेकिस्तानका लागि नेपालकी गैरआवासीय राजदूत रीता दाहालले नेपाली टोलीलाई शुभकामना तथा हौसला सन्देश पठाएकी छन्।

समरकन्दमा टोलीसँगको भेटघाटका क्रममा एसिया इन्टरनेशल युनिभर्सिटी उज्वेकिस्तानका भाइस रेक्टर डा. किशन भण्डारीले खेलाडीहरूलाई उक्त सन्देश हस्तान्तरण गरेका थिए ।

अन्तर्राष्ट्रिय चेस महासंघ फिडेको आयोजनामा सञ्चालित यस ओलम्पियाडमा (ओपन) र (महिला) दुवै विधामा विभिन्न राष्ट्रका राष्ट्रिय टोलीहरूले प्रतिस्पर्धा गरिरहेका छन् । विश्वकै प्रमुख टोलीहरुको सहभागिता रहेको यो विश्व स्तरीय चेस प्रतियोगितामा नेपाली खेलाडीहरुले पनि राम्रो प्रतिष्पर्धा गर्ने अनुमान गरिएको छ ।

नेपालबाट सहभागी खेलाडीहरुमा खुल्ला तर्फ क्यान्डिडेट मास्टर पुरुषोत्तम सिलवाल, फिडे मास्टर रुपेश जयसवाल, क्यान्डिडेट मास्टर सुश्रुत दाहाल, आशिष फुँयाल, राजन सुवेदी रहेका छन् । खुल्ला टोलीको कप्तानमा किरिल कुदेरिनोभ रहेका छन् ।

यस्तै महिलातर्फ एन्जेल महर्जन, कृतिसरा अधिकारी, पूजा भण्डारी, निहाना श्रेष्ठ, सिन्दिरा जोशी रहेका छन् । महिला तर्फको कप्तानमा रिजेन्द्र राजभण्डारी रहेका छन् । नेपाली टोलीको नेतृत्व नेपाल चेस एसोसिएशनका महासचिव धर्मबहादुर लामाले गरेका छन् ।

चेसको सबैभन्दा ठूलो र प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता मध्येको एक यो प्रतियोगितामा नेपालको झण्डा फहराउँदै नेपाली टोलीले समरकन्दमा गर्वका साथ देशको प्रतिनिधित्व गरिरहेको छ ।