काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका छन्।
सोमबारदेखि सुरु भएको बैठकमा ओलीले ‘पार्टीको पुनर्निर्माण, लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनताको नयाँ संकल्प’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गरेका हुन्।
प्रतिवेदनमा पार्टीभित्र उठेको तत्काल नेतृत्व परिवर्तन, अध्यक्षबाट राजीनामा र विशेष महाधिवेशनको मागलाई ओलीले अस्वीकार गरेका छन्। पार्टी पुनर्गठन, नेतृत्व हस्तान्तरण तथा पुस्तान्तरणका विषयमा पनि उनले आफ्नो धारणा प्रतिवेदनमार्फत प्रस्तुत गरेका छन्।
प्रतिवेदनमा देशको भूराजनीतिक परिस्थिति र एमालेले लिनुपर्ने नीतिबारे चर्चा गरिएको छ। यस्तै संवैधानिक संकट, २०८२ भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन, त्यसपछिको निर्वाचन परिणाम तथा निर्वाचनमा पार्टीले व्यहोरेको पराजयका विषय पनि समेटिएका छन्।
वर्तमान सरकार, आफूमाथि भइरहेको आलोचना, पार्टी पुनर्निर्माण तथा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विषयमा समेत ओलीले प्रतिवेदनमा आफ्नो धारणा राखेका छन्।
विस्तृतमा हेर्नुहोस् ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनको पूरा पाठ :-