काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ बढेर ४ हजार ७ सय ९५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी ४ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।