न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र जयशङ्करबीच भेट, नेपाल–भारत सम्बन्धबारे छलफल

एक घण्टा अगाडि
न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र जयशङ्करबीच भेट, नेपाल–भारत सम्बन्धबारे छलफल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्युयोर्कमा भारतका विदेशमन्त्री डा. एस जयशङ्करसँग भेटवार्ता गरेका छन्।

भेटमा मन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी भोटेकोसी बाढीपछि भारत सरकार र भारतीय जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा उपलब्ध गराएको सहयोगप्रति धन्यवाद व्यक्त गरेको उनको सचिवालयले जनाएको छ।

भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्ष तथा आपसी हितका विषयमा विचार आदानप्रदान भएको छ। दुवै मन्त्रीले नेपाल र भारतबीच लामो समयदेखि कायम घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै द्विपक्षीय सहकार्य अघि बढाउने विषयमा पनि छलफल गरेका छन्।