काठमाडौं । सुनको भाउ बुधबार तोलामा १ हजार ७ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार सुनको भाउ १ हजार ३ सय रुपैयाँ घटेको थियो। गत शुक्रबार र आइतबार दुई दिनमा ५ हजार ७ सय रुपैयाँ बढेको सुनको मूल्य सोमबार र मंगलबार लगातार घटेको हो। मंगलबार सुन प्रतितोला ३ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेर ४ हजार ७ सय ७५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ८ सय ५ रुपैयाँ थियो।