काठमाडौं ३ वैशाख — विद्यालय शिक्षा विधेयकमा अझै पनि निजी विद्यालय र शिक्षकसम्बन्धी विषयमा टुंगो लाग्न बाँकी रहेको छ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमितिले बाँकी प्रावधानहरूमा सहमति जुटाए पनि यी दुई विषयमा गहन छलफल जारी छ।
उपसमितिका एक सदस्यका अनुसार, “मुख्य पेचिलो विषय निजी विद्यालय र शिक्षकको हो। दवाफार छलफल जारी छ र उपसमिति निरन्तर बैठकमै छ। संसदको १२ वैशाखमा सुरु हुने वर्षे अधिवेशनमा विधेयक पेस गरिने तयारीका साथ उपसमिति निष्कर्षमा पुग्न जुटिरहेको छ।
सहमत भएका प्रमुख बुँदाहरू
एसईई परीक्षा नरहने
जिल्ला शिक्षा कार्यालय हटाइने
इसीडी बाल विकास दुई वर्षे बनाइने
सरकारले शिक्षा विधेयकलाई प्राथमिकता दिँदै अधिवेशनसमेत छिटो आह्वान गरेको हो। शिक्षामन्त्री विद्या भट्टराईले भनिन्, “विधेयक छिटो पारित होस् भन्ने मागलाई सम्बोधन गर्दै मन्त्रिपरिषद्ले संसद बैठक डाकेको हो।
शिक्षकको आन्दोलन जारी
शिक्षा ऐन जारी गर्न माग गर्दै १० चैतदेखि शिक्षकहरू काठमाडौंमा सडकमा छन्। आन्दोलन चर्किंदै जाँदा विधेयकको पारित प्रक्रिया द्रुत गतिमा अघि बढाइएको हो।